१३ औं सागः महिला भलिबल खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल विजयी



काठमाडौं । १३ औं साग अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । बुधबार दिउँसो भएको महिला भलिबल खेलमा बंगलादेशलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

वेस्ट अफ थ्रीअर्न्तगतको खेलमा नेपालले बंगलादेशलाई २५-९, २५-९ र २५-११ गरी ३- ० सोझो सेटमा पराजित गरेको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम गरेका थिए ।

बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५-९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको हार टार्न सकेन ।

समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समुह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा विहीबार स्वर्णको दाबेदार भारतसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।