महिला भलिबलका १२ खेलाडीलाई ३ लाख रुपैयाँसहित सम्मान



काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको छ । बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ३ लाखसहित सम्मान गरेको हो । पूर्वघोषित कार्यक्रम अनुसार सरकारले सबै खेलाडीलाई मंगलबार जनही ३ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको हो । उपाधि जित्ने टोलीमा रहेका १२ खेलाडी ३ प्रशिक्षक र १ व्यवस्थापकलाई अर्थमन्त्री डा. युवराज खतिवडा र युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्मालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरको होे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्रीको अस्वस्थताका कारण अर्थमन्त्रीले सम्मान गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागमा सपदक जित्नेलाई पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ खप्तड गोल्डकपको फाइनलमा

धनगढी । मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी

लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका

सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश

सुदूरपश्चिम । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल