सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु



सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ । स्वयम्भू मन्दिर परिसरमा बरिष्ठ ओलम्पियन पूर्वधावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरी र्याली सुरु गरेका हुन् ।

नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम छ । पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ ।

नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्वलन गरि र्याली सम्पन्न हुनेछ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ ।

सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् । सागको मंसिर १५ मा उदटन र २४ गते समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न