बंगलादेश एसिया कपको फाइनलमा



काठमाडौं । अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा अयोजक बंगलादेशले अफगानिस्तालाई ७ विकेटले हरायो । अफगानिस्तानले दिएको १२९ रनको लक्ष्य उसले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि शौम्य सरकारले ६१ रन बनाउँदा नजमुल सान्टोले ५९ रनको पारी खेले । अफिफ हुसेन ध्रुबो ४५ र यासिर अली चौधरी ३८ रनमा अविजित रहेको छ । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बानाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न