सागको पुरुष भलिबलमा नेपाल समूह ‘ए’मा



काठमाडौं । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपाल समूह ‘ए’मा परेको छ । नेपाल रहेको समूहमा भारत पनि छ । नेपाल यसअघि भारतसँग भएको तीन मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । नेपाल रहेको समूहमा भारत र बंगलादेश रहेका छन् ।

त्यस्तै समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसँग खेल्नेछ । समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

  झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा

नेपालले भूटानलाई हरायो

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ

हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० आई

अनिशलाई प्रधानसेनापति म्याराथनको उपाधि

  काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित