नेपाल एसीसी इमर्जिङ टीम्स एशिया कप क्रिकेटबाट बाहिरियो, बाङ्ग्लादेशसँग आठ विकेटले पराजित



बाङ्ग्लादेशसँग आठ विकेटले हारेपछि नेपाल एसीसी इमर्जिङ टीम्स एशिया कप क्रिकेटबाट बाहिरिएको छ। सोमवार टस हारेर ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ४४.३ ओभरमा १३८ रन मात्रै बनाएको थियो।

आयोजक बाङ्ग्लादेशले २४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो। समूह ‘बी’मा रहेको नेपालले बिहीवार भारतसँग हारेको थियो भने शनिवार हङ्‍कङलाई हराएको थियो।

भारत, बाङ्ग्लादेश र पाकिस्तान प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन्। धेरैजस्तो खेलमा नेपाल ब्याटिङमा कमजोर देखिने गरेको छ र बाङ्ग्लादेशसँग पनि त्यो क्रम कायम रह्यो। नेपालका ‌ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले राम्रो थालनी गर्दै ३३ रन जोडेका थिए। तर त्यसपछिका ब्याट्सम्यानहरूले राम्रो गर्न सकेनन्।

मल्लले २२ र भुर्तेलले १० रन बनाए पनि शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, सन्दीप जोरा र विनोद भण्डारीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। आरिफ शेखले ११ बनाए। तर नेपालले २८ ओभरमै ८५ रनमै आठ विकेट गुमाएको थियो।

तर तल्लो क्रममा आएका सोमपाल कामी र करण केसीले नेपालको इनिङकै राम्रो साझेदारी गरेर ५० रन जोडेका थिए। केसीले १८ र कामीले ३८ रन बनाएपछि नेपालले स्कोर १३८ पुगेको थियो।

अघिल्ला खेलहरूमा हङ्‍कङ र भारतलाई हराएको आयोजकलाई नेपालले दिएको लक्ष्य गाह्रो भएन।  बाङ्ग्लादेशका टेस्ट खेलाडी सौम्य सरकारलाई ११ रनमा केसीले आउट गर्नु नेपालको सफलता रह्यो। सुसन भारीले अर्का ओपनर मोहम्मद नइमलाई ४५ रनमा आउट गरे। तर कप्तान नजमल सान्तो (५९) र यासिर अली चौधरी (१८) ले सहज रूपमा घरेलु टोलीलाई जिताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।