कुवेतविरुद्धको खेलका लागि नेपाली टोली घोषणा



काठमाडौं । कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले चार दिनपछि हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् ।

टोलीमा भरत खवास, गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, देबेन्द्र तामाङ, अन्नत तामाङ, समुन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी र रन्जीत धिमाल छन् ।

मिडफिल्डमा सुनिल बल, अन्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्चेन तामाङ, रोहिच चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ छन् । फर्वाडमा भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्तिमगर र अभिशेक रिजाल छन् ।

खेल मंसिर तीन गते भुटानमा हुँदैछ । घरेलु मैदानमा हुने खेल एकमात्र दशरथ रंगशाला निमार्णका क्रममा रहेकाले भुटानमा सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन (पोर्चुगल)। धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ ।  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ।

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बास्डर नियुक्त

काठमाडौं । वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई

पृतनापति ट्रफीमा ८४ पदकसहित श्री नम्बर १८ बाहिनी अड्डा प्रथम

इटहरी । पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री