बी एण्ड आर कपमा मलेसिया पराजित



काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय महिला टोली चीनमा क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पराजित भएको छ । शुक्रबार जारी बी एण्ड आर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पराजित भएको हो । नेपालले प्रतियोगिताको दोस्रो र तेस्रो खेलमा फराकिलो जित निकालेको थियो । खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो । संघाइमा भएको खेलमा नेपालले दिएको ११५ रनको लक्ष्य मलेसियाले २० ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालकी लक्ष्मी साउद, कृतिका मरासिनी, कविता कुँवर र ईश्वरी बिष्टले एक–एक विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा चार विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि राजमती ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९–१९ रन लिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका