महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाललाई



काठमाडौं । नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि जित्न सफल भएको छ । बिहीबार भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जित्न सफल भएको हो । नेपालले फाइनल खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो ।

बंगलादेशको ढाकास्थित सहिद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा पहिलो सेट २५–१३ ले जितेको नेपालले दोस्रो सेट २५–१२ जितेको हो । निकै नै आक्रामक भएको नेपाली टोलीले तेस्रो सेट २५–८ मा जित्दै नेपाली महिला भलिबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो ।

यसअघि नेपालले प्रतियोगितामा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बहराइनलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत नरहने

आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न