एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटः नेपालले दियो १९४ रनको लक्ष्य



काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालका पवन शर्राफको अर्धशतकको सहयोगमा नेपालले भारत इमर्जिङ टिम्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

बंगलादेशको ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो । नेपालका लागि पवनले अर्धशतकीय पारी खेले ।

छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४९ बल खेल्दै ७ चौका र २ छक्काको सहयोगमा ५६ रन पूरा गरेका हुन् । यसअघि १९ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर मात्र ५८ रन बनाएको थियो ।

नेपालका लागि शरद भेषावकरले ४४ रन बनाएर आउट भएका थिए । त्यस्तै दिपेद्र ऐरी २४ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको छ । दुई बलको सामना गरेका मल्ल पहिलो ओभरको दोस्रो बलमा सौरभ दुबेको बलमा बोल्ड आउट भए ।

त्यस्तै दोस्रो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई २८ रनमा गुमाएको थियो । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आशिफ शेख पनि दुई रन बनाएर आउट भए ।

नेपालका लागि करण केसीले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ भारतका लागि सौरव दुबेले सर्वा्धिक चार विकेट लिए । त्यस्तै यस राठोडले तीन विकेट लिँदा पार्थ राखेडेले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ब्राजिलसँग पेरु ४-० गोलले पराजित

कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार बिहान

युरोकपमा इटाली बन्यो अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम

इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति

यूरोकपको पहिलो खेलमै रोनाल्डोको दुई कीर्तिमान

यूरोकप २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन

महिला भलिबलको प्रशिक्षण आजदेखि

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका