नेपाली महिला भलिबल टिम ऐतिहासिक स्वर्ण पदक नजिक, फाइनलमा आज माल्दिभ्ससँग खेल्दै



नेपाली महिला भलिबल ऐतिहासिक उपलव्धि नजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबको उपाधि नजिक पुगेको हो । नेपालले आज माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्प्र्धा गर्ने छ ।

नेपाली महिला भलिबल ऐतिहासिक उपलव्धि नजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबको उपाधि नजिक पुगेको हो । नेपालले विहीबार माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्प्र्धा गर्ने छ । नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छन् ।

राउण्ड रोविन लिग अनुसार वुधबार नेपालले माल्दिभ्सलाई समूह चरणमा ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले जारी प्रतियोगितामा अपराजित टिमको रुपमा फाइनल पुगेको हो । नेपालले सवै खेलमा तीन सून्यकै सेटमा नतिजा आत्मसाथ गरेको छ । नेपाली महिला भलिबल टिमले २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा दोस्रो भएको थियो । विहीबार नेपाल विजयी भए स्वर्ण पदक हात पार्ने छ । २०१४ मा नेपाल दोस्रो हुँदा भारत पहिलो र श्रीलंका तेस्रो भएका थिए ।

जारी प्रतियोगितामा भारत र श्रीलंका सहभागी छैनन् । समूह चरणमा माल्दिभ्समाथि सहज जीत हात पारेकाले नेपाली टिम उपाधिको सवैभन्दा ठूलो दावेदार टिम हो ।

नेपाली टिम मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका क्रममा पनि रहेको छ । थाइल्याण्डमा वैदेशिक प्रशिक्षण गरेर सेन्ट्रल जोन खेल्न आएको नेपाली टिमले सिकेका कुराहरु लागू गरेको प्रशिक्षक जगदीश भट्टले बताए । उनले यो प्रतियोगिताले सागमा थप फाइदा पुग्ने उल्लेख गरे ।
नेपालले माल्दिभ्समाथि वुधबार समूह चरणको अन्तिम खेलमा पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो र तेस्रो सेट २५–५ र २५–१३ ले जितेको थियो । नेपाल र माल्दिभ्सवीचकाे फाइनल खेल नेपाली समय अनुसार दिउँसाे पाैने ३ बजेदेखि शुरुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो हुँदा नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ

एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।