एभिसी सेन्ट्रल जोनमा नेपालको अपराजित यात्रा कायमै
फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिग अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ ।
यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो ।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा पहिलो सेटमा माल्दिभ्सले बलियो चुनौती पेश गरेपनि नेपालको उच्च प्रदर्शनलाई रोक्न सकेन । ५–५ अंकको बराबरीबाट अघि बढेको नेपाल २५–१४ ले विजयी रहन सफल भयो ।
दोस्रो सेटमा नेपालले खेलको शुरुवात देखि नै अग्रता लिदै २५–५ को सहज जित निकाल्यो । ५–३ को अवस्थाबाट नेपालले लगातार १६ अंक जोडेको थियो । तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै २५–१३ को जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायमै राख्यो ।
तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै २५– को जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायमै राख्यो ।
माल्दिभ्सविरुद्ध मुख्य प्रशिक्षक जगदिश भट्टले यसअघिका तीन खेलमा उच्च प्रदर्शन गरेकी मिडल ब्लकर सुनिता खड्कालाई विश्राम दिएको थियो । उनको स्थान उषा कुमारी विष्टले मौका पाएको थियो ।
यि दुई टोलीले बिहीबार उपाधिका लागि खेल्दैछ । फाइनल खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
आजै लिगको अन्तिम खेलमा बंगलादेश र किर्गिस्तानबीच खेल हुदैछ ।