इंगल्यान्डले जित्यो टी २० शृंखला, सुपरओभरमा न्युजिल्यान्ड पराजित



चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रूपमा सुपरओभरमा न्युजिल्यान्डलाई पराजित गरेको इंगल्यान्डले फेरि टी२० को सुपरओभरमै न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा हराएको छ।

न्युजिल्यान्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्युजिल्यान्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो। शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो। न्युजिल्यान्डका लागि मार्टिन गप्टिलले  २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए। जितका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाएको थियो।

इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिएका थिए। दुवै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो।

सुपरओभरमा इङ्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जितका लागि १७ रनको लक्ष्य दिएका थिए। तर न्युजिल्यान्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो। यो जितसँगै इङ्ल्याण्डले ३–२ ले शृंखलामा विजयी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीको एपिएफ लुम्बिनी कपको क्वाटरफाइनलमा

नेपालगंज । नेपालगंज रङ्गशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम

मधेस प्रिमियर लिगमा जनकपुर सनराइज र बलान बिहुल विजयी

राजविराज । राजविराजमा जारी मधेश प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा जनकपुर सनराइज र

पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत