पूर्वाधार अभावमा नेपाल र कुवेतको खेल भुटानमा हुने



काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतको खेल भुटानेमा हुने भएको छ । एएफसीका प्रतिनिधीको रिपोर्टका आधारमा नेपालले घरेलु मेदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो ।

एएफसीका प्रतिनिधी देङ सिआ लोङले एन्फालाई इमेल मार्फत यो खेल भुटानको चाङलिमिथाङमा हुने जनाएका हुन । केहि दिन अगाडी एएफसीको टिम निरिक्षणका लागि काठमाडौं आएको थियो, सो समितीको रिपोर्टका आधारमा एएफसीले नेपालले घरेलु मैदानमा खेलाउने भनिएको कुवेत विरुद्धको खेल भुटानको थिम्पुमा सारिएको हो ।

चार बर्ष अगाडी भएको विनाशकारी भुकम्पका कारण खेल्न योग्य नभएको रंगशाला पछिल्लो पटक मर्मतको अवस्थामा रहेको छ । एएफसीका प्रतिनिधीले पनि कुवेतको खेलसम्म रंगशाला तयार नहुने रिपोर्ट बुझाएका थिए । मंसिर तीन गते हुने भनिएको खेल सोहि मितीमा भुटानमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको