ज्ञानेन्द्रको क्रिकेट यात्रा : गल्लीदेखि कप्तानीसम्म



लुइटेल दिनेश

काठमाडौं : कक्षा ५ मा पढ्दासम्म ज्ञानेन्द्र मल्ललाई क्रिकेटबारे थाहा थिएन। एक साथीले क्रिकेटबारे सामान्य जानकारी गराएपछि उनले गल्लीमा पहिलो पटक क्रिकेट खेल्न सिके। सुदिन नाम गरेका साथीले उनलाई पहिलो पटक क्रिकेटबारे जानकारी गराएका थिए।

‘सानो हुँदा हामी अरु ‘गेम’ खेल्थ्यौँ’, ज्ञानेन्द्र बाल्यकालमा फर्किएर भन्छन्, ‘क्रिकेटबारे केही पनि थाहा थिएन।’ साथीले पहिलो पटक ब्याट समात्न, रन जोड्न सिकाएको उनी सम्झन्छन्।

‘मेरो घर भीमसेन स्थानको चोकमा थियो। हामी घर अगाडि ढुंगाले घेरिएको गल्लीमा गेम खेल्थ्यौँ’, उनले भने, ‘साथी आएपछि उसले ब्याटले हानेपछि दौडिनुपर्छ, दौडिएपछि रन बन्छ भनेर सिकायो। पहिलो पटक क्रिकेट खेलेको याद त्यही हो।’

सुरुमा नियम थाहा नभए पनि खेल रमाइलो लागेकाले त्यसलाई निरन्तरता दिएको उनी सम्झन्छन्। चोकमा खेल खेल्नेमात्र नभएर विभिन्न भेटघाट हुने हुँदा उनले क्रिकेट खेल्दै सुरुमा थुप्रै गाली खाए। पहिलो पटक उनीहरुले प्लाइको ब्याट बनाएर क्रिकेट खेलेका थिए। त्यसपछि विस्तारै काठको ब्याट बनाएर खेलेका ज्ञानेन्द्रमा चाँडै क्रिकेटको भूत चढिसकेको थियो।

ज्ञानेन्द्रले धेरै झगडा गरेर अभिभावकलाई कहिले बल किन्न लगाए भने कहिले ब्याट किन्न लगाए। यसरी क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रको औपचारिक क्रिकेट यात्रा भने अन्डर–१५ टिमबाट भयो। उनले अन्डर–१५ मा उपकप्तानको जिम्मेवारीसमेत सम्हाले। त्यसपछि उनले अन्डर–१७ का लागि खेले। उनको क्रिकेटप्रतिको मोह र मिहिनतले उनलाई अन्डर–१७ को क्याप्टेन बनायो।

नेसनल टिममा डेब्यू 
ज्ञानेन्द्रले सन् २००५ मा नेसनल टिममा प्रवेश पाए। मलेसियासँगको खेलका लागि उनी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए। तर, उनी प्लेइङ ११ मा परेनन्। उनले डेब्यु खेल २००६ मा नामिबियासँग खेले। त्यतिबेलासम्म उनी क्रिकेट छोड्नै नसक्ने भइसकेका थिए। उनले एसीसी ट्रफीका लागि खेलेको डेब्यु खेलमा ७९ रन जोडे। दोस्रो खेलमा ५८ रन बनाए भने क्वाटरफाइनलमा ५० रन जोडे। लगातार तीन खेलमा ५० रन कटाएपछि उनी महत्वपूर्ण खेलाडीका रुपमा स्थापित भए।

पारस खड्काले राजीनामा दिएको १५ दिनपछि बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको हो। खड्काले असोज २८ गते सामाजिक सञ्जालमार्फत् कप्तानको जिम्मेवारी छोडेको जानकारी गराएका थिए।

उनले क्यानलाई भने केही दिनअघि मात्र औपचारिक रुपमा राजीनामा पठाएका हुन्।  पारसले सन् २००९ मा कप्तानको जिम्मेवारी सम्हालेका थिए। उनी कप्तान हुँदा ज्ञानेन्द्र उपकप्तानको जिम्मेवारीमा थिए। पारसको अनुपस्थितिमा केही महत्वपूर्ण प्रतियोगितामा कप्तानको भूमिकासमेत निर्वाह गरिसकेका छन्।

क्यानका महासचिव अशोक प्याकुरेलले लामो समय राष्ट्रिय टिम नेतृत्वविहिन हुनु राम्रो नभएकाले निर्णय लिएको जानकारी दिए। उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन्।

अन्नपूर्ण पोष्टबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका