एन्फालाई दश हजार डलर जरिवाना



काठमाडौँ । एएफसी कप २०१९ मा मापदण्ड उल्लंघन गर्दै क्लबहरुलाई लाइसेन्स दिलाएको पाइएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

एएफसीले हाल देखिएका कमजोरीलाई दुई वर्षभित्र यस्तै गल्ती दोहोर्याएनिलम्बनसँगै २५ हजार डलर जरिवाना गर्ने चेतावनी पनि दिएको छ।

एसियाली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता ‘एएफसी कप’ मा सहभागी हुनलाई ‘एएफसी कप क्लब लाइसेन्सिङ’ को मापदण्ड पूरा गरेको हुनुपर्छ। एएफसी कप २०१९ को लागि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सबै (१४) क्लबलाई सिफारिस गरेको थियो। त्यसमध्ये ९ क्लबलाई एएफसीले लाइसेन्स दिएको थियो।

त्यही क्लबहरूलाई गलत तरिकाले लाइसेन्स दिलाएकोमा एएफसीले एन्फालाई १० हजार डलर जरिवाना गर्ने निर्णय गर्दै शुक्रबार कमजोरीलाई दुई वर्षभित्र सच्याउन चेतावनी दिएको हो। एएफसीले जरिवाना एक महिनाभित्र तिर्न भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका