चितवन राइनोजलाई वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि



काठमाडौं । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंमाथि ४५ रनको नतिजा निकाल्दै चितवनले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

११३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको काठमाडौं निर्धा्रित २० ओभरमा ६७ रनमा अलआउट भएपछि चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको छ ।

काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सुमनले उत्कृष्ट बलिङ गरिन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापाले १३ तथा ईश्वरी बिष्टले १२ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । कप्तान रुविना क्षेत्री २ रनमा आउट भएपछि दबाबमा परेको काठमाडौंले लगातार विकेट गुमाएको थियो ।

ओपनर शोभा आलेले ६ रन जोड्दा नितु भण्डारीले २, संगिता राइले ४ रन बनाइन् । रोमा थापा र सरस्वती कुमारीले खाता नै खोल्न सकेनन् । चितवनकी सुमनले सर्वा्धिक ३ विकेट लिइन् । रेखा रावल र रितु कन्नौजियाले २–२ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको विजय लक्ष्य दिएको थियो । चितवनका लागि उत्कृष्ट बलिङ गरेकी समुनले ब्याटिङतर्फ पनि सर्वा्धिक २९ रन बनाएकी थिइन् ।

कागल श्रेष्ठले २१ रन बनाउँदा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहँदा रितु कन्नौजियाले ६ रन बनाएकी थिइन् । प्यारी चौधरी ३ रनमा अविजित रहिन् । काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउँद र सरस्वती कुमारीले १–१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका