भारत तेस्रो टेस्टमा विजयी



भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी भयो ।

चौथो दिनको मंगलबारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम दुई विकेट पतन भएको थियो । भारतका लागि अन्तिम २ विकेट शाहबाज नदीमले लिएका थिए ।भारतले लगातार ११ वटा टेस्ट शृङ्खलामा विजय हासिल गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अस्ट्रेलियाले देशभित्र लगातार १० वटा टेस्ट शृङ्खला जितेको थियो । दक्षिण अफ्रिकाले यस शृङ्खलामा लज्जास्पद प्रदर्शन गरेको छ ।

भारतसामु तीनमध्ये दुई वटा खेलमा दक्षिण अफ्रिका इनिङले पराजित भएको हो । एक दशकभित्र दक्षिण अफ्रिकाको यो पहिलो लज्जास्पद प्रदर्शन हो ।भारतले पहिलो इनिङमा ४९७ रन बनाई पालि समाप्तीको घोषणा गरेको थियो ।

त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले दुबै इनिङमा खराब प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिका पहिलो इनिङमा १६२ रनमा अलआउट हुँदै फलोअनमा परेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकी टोली १३३ रनमै समेटिएको थियो ।भारतीय ब्याट्सम्यान मयङ्क अग्रवाल (२१५), विराट कोहली (२५४ अविजित) र रोहित शर्मा (२१२) ले दोहोरो शतक बनाएका थिए ।

भारतीय टिमका प्रशिक्षक रवी शास्त्रीले भारतीय बलरले पनि उत्तिकै राम्रो प्रदर्शन गरेको बताए । उनले आफ्नो टिमको मुख्य ध्यान नै २० विकेट लिनेमा केन्द्रित थियो भन्दै ब्याटिङमा त भारतको प्रदर्शन प्रशंसालायक रहेको बताए ।

भारतले यसअघि विशाखापटनम र पुणेमा खेलिएका दुबै टेस्ट जितेको थियो । यी खेलमा भारतीय बलर मोहम्मद शामी र उमेश यादवले १० विकेट लिएका थिए ।

भारतले यही नोभेम्बर ३ देखि बंगलादेशविरुद्ध दुई टेस्ट र तीन टी२० प्रतियोगिता भारतमै खेल्दैछ । तर यो शृङ्खलामा सहभागी हुने बंगलादेशी मुख्य खेलाडीहरुले तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कारण शृङ्खला नै खतरामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका