इरान जाने नेपाली फुटसल टोलीको विदाई



काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्सका लागि इरान जाने नेपाली फुटसल टोलीलाई एन्फाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।

नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ गरेका हुन्। प्रतियोगिता २३ अक्टोबर देखि २५ अक्टोबर सम्म इरानमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्। त्यस्तै समूह बी मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

नेपालले पहिलो खेलमा ताजकिस्तानसँग २३ अक्टोबरमा खेल्नेछ। त्यस्तै दोस्रो खेलमा २४ अक्टोबरमा उज्बेकिस्तानसँग र तेस्रो खेलमा २५ तारिक अफगानिस्तानसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी

नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका