सन्दीप लामिछाने दुई करोड रुपैयाँ बराबरको दुईवटा प्रतियोगितामा अनुबन्ध



काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन र प्रतियोगिताका लागि अनुबन्ध भएका सन्दीपले करिब २ करोड रुपैयाँ पाउने छन् ।

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा बर्मिङ्घम फिनिक्सबाट खेल्ने सन्दीपले १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख पाउनेछन् भने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने छन् ।

विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका लामिछानेको यो नै अहिलेसम्मको मंहगो मूल्य हो । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ । टि–टेन भने नोभेम्बरबाट सुरु हुनेछ । टि–टेनमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्नि सापकोटाको मुद्दामा सर्वोच्चको आदेशबारे के भन्यो माओवादीले ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख एवं पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध अनुसन्धान अघि

सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

संखुवासभाको भोटखोला आएको बाढीले बगायो पाँच वटा काठेपुल

किमाथाङ्का । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी