दक्षिण एसियाली आर्चरी महासंघको अध्यक्षमा गुरुङ



काठमाडौं । नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ दक्षिण एसियाली आर्चरी महासंघ (साफ) को अध्यक्षमा चयन भएका छन् ।

बंगलादेशमा बसेको आर्चरी महासंघको बोर्ड बैठकले नेपाल आर्चरी संघका अध्यक्ष गुरुङलाई चार वर्षका लागि चयन गरेको हो ।

साफका संस्थापक सदस्य रहेका गुरुङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए । साफले विज्ञप्ति जारी गरी गुरुङ एक साताअघि नै अध्यक्षमा चयन भएको जानकारी दिएको छ ।

साफका महासचिव काजी राजीव उद्दिन एहमेद चपोलले गुरुङको अध्यक्षतामा दक्षिण एसियामा आर्चरीको गतिविधि बढ्ने र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ