नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताए ।

आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिएका हुन् ।

“मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु”, उनसामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।”

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी सम्हालेका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्नि सापकोटाको मुद्दामा सर्वोच्चको आदेशबारे के भन्यो माओवादीले ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख एवं पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध अनुसन्धान अघि

सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

संखुवासभाको भोटखोला आएको बाढीले बगायो पाँच वटा काठेपुल

किमाथाङ्का । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी