नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर शुक्रबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरे । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो ।

त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमान गएको नेपाली टोलीले त्यहाँ पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुडो टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेश क्रिरा सिख्रा प्रतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित

म्यानचेस्टरलाई पराजित गर्दै टोटनहमलाई युरोपा लिगको उपाधि

काठमाडौं । टोटनहम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ । गएराति सान ममेस

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म