विश्वकप छनोटः नेपाल अस्ट्रेलियासँग पाँच गोलले पराजित



अस्ट्रेलियाको घरेलु मैदान क्यानबेरामा रक्षात्मक प्रदर्शन गरेको खेलमा नेपाल अस्ट्रेलियासँग ५ -० ले पराजित भएको छ।

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्मकै उच्च वरीयताको टोली अस्ट्रेलियासँग पहिलो पटक खेलेको हो।

विश्व वरीयतामा १६१ औँ स्थानमा रहेको नेपालभन्दा ११७ औँ स्थानमाथि रहेको अस्ट्रेलिया ४४ औँ स्थानमा छ।

उनीहरूको घरेलु मैदानमा धेरै गोल खान सक्ने कतिपयको अनुमान विपरीत नेपालले शुरूदेखि नै रक्षात्मक तर आत्मविश्वासयुक्त खेल प्रदर्शन गरे।

क्यानबेराको जिआईओ रङ्गशालामा उपस्थित १८ हजार नेपाली समर्थकले नेपाललाई खेलभरि हौस्याएका थिए।

अनुमान गरिए झैँ अस्ट्रेलियाका खेलाडीहरूले शुरूदेखि नै पोष्टमा लगातार आक्रमण थालेका थिए।

उनीहरू हतारिएका थिएनन्। बलमाथि नियन्त्रण बनाउने र विना गल्ती आरामसँग आक्रमण गर्ने रणनीतिमा अस्ट्रेलियाका खेलाडीहरू देखिएका थिए।

नेपाली खेलाडीहरू पनि विपक्षीलाई रोक्ने क्रममा हडबडाएका देखिएनन्। बरु छोटो छोटो पास खेलेर उनीहरूले विपक्षीलाई खुल्न दिएनन्।

रक्षात्मक खेल्ने र मौका पाए ‘काउन्टर एट्याक’ मा जाने नेपाली प्रशिक्षक योहान कालिनको रणनीति अनुसार उनले एकजना स्ट्राइकर अभिषेक रिजाललाई मैदानमा उतारेर बाँकीलाई रक्षात्मक जिम्मेवारी दिएका थिए।

खेल शुरू भएको छैटौँ मिनेटमा नेपालले गोल खान पुग्यो। तर पनि खेलाडीहरूले आत्मविश्वास भने गुमाएको देखिएन र विपक्षीका प्रहारहरूलाई निरन्तर विफल पारिरहे।

दोस्रो हाफमा अस्ट्रेलियाको खेल सुस्ताए जस्तो देखियो।

पहिलो हाफमा तीन गोल हानेको अस्ट्रेलियाले दोस्रो हाफमा दुई गोल मात्र गर्न पुग्यो।

दोस्रो हाफमा नेपालले पनि विपक्षी पोष्टमा आक्रमण गर्ने अवसरहरू सिर्जना गर्‍यो।

यो जितसँगै अस्ट्रेलिया विश्वकप फुटबल एशियाली छनोटको समूह बीको पहिलो स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि

कास्की ।देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको