युरो २०२२ को छनोट खेलका लागि टोली घोषणा, टोलीमा काजोर्लासहित ३ नयाँ खेलाडी



स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्ट मोरेनोले युरो २०२२ को छनोट अन्तर्गत नर्वे र स्विडेनविरुद्ध खेलका लागि टोली घोषणा गरेका छन् ।

उनले टोलीमा ३ नयाँ खेलाडीलाई मौका दिएका छन् । टोलीमा सर्जियो रेगुलियोन, पाउ टोरेस र जेरार्ड मोरेनो पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मोरेनोले १६ वर्षीय बार्सिलोना सुपरस्टार अन्सु फातीलाई टोलीमा समेट्ने प्रयास गरेपनि फिफाको स्वीकृति प्राप्त नभएकाले प्रतिक्षा गर्नुपरेको हो ।

फातीले गत महिना स्पेनको नागरिकता लिएपनि फिफाबाट भने स्वीकृति आउन बाँकी रहेको हो । भिल्लारियलका लागि जारि सिजन ६ गोल गरिसकेका मोरेनोसँगै उनकै सहकर्मी डिफेन्डर पाउ टोरेस पनि टोलीमा समेटिएका हुन् । यी दुईसँगै सान्टि काजोर्लाले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

उनी चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेपनि लिगमा उत्कृष्ट पुनरागमन गरेपछि टोलीमा फर्किएका हुन् । युरो छनोटको समूह एफ मा स्पेनले सुरुवाती ६ खेल नै जितेको छ । स्पेनले अक्टोबर १२ मा नर्वे र अक्टोबर १५ मा स्विडेनमा हुने खेल जिते अर्को संस्करणका लागि छनोट पक्का गर्नेछ ।

यसअघि भएको खेलमा स्पेनले नर्वेलाई २–१ र स्विडेनलाई ३–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई तिलोत्तमा नगरपालिकाद्वारा सम्मान

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान गरेको

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

गण्डकी । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार

थ्री नेसन्स कपमा लाओस विजयी

काठमाडौं । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत शनिबार भएको खेलमा

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई

इटहरी । १३ औं संस्करणको कन्टोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले