युरो २०२२ को छनोट खेलका लागि टोली घोषणा, टोलीमा काजोर्लासहित ३ नयाँ खेलाडी



स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्ट मोरेनोले युरो २०२२ को छनोट अन्तर्गत नर्वे र स्विडेनविरुद्ध खेलका लागि टोली घोषणा गरेका छन् ।

उनले टोलीमा ३ नयाँ खेलाडीलाई मौका दिएका छन् । टोलीमा सर्जियो रेगुलियोन, पाउ टोरेस र जेरार्ड मोरेनो पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मोरेनोले १६ वर्षीय बार्सिलोना सुपरस्टार अन्सु फातीलाई टोलीमा समेट्ने प्रयास गरेपनि फिफाको स्वीकृति प्राप्त नभएकाले प्रतिक्षा गर्नुपरेको हो ।

फातीले गत महिना स्पेनको नागरिकता लिएपनि फिफाबाट भने स्वीकृति आउन बाँकी रहेको हो । भिल्लारियलका लागि जारि सिजन ६ गोल गरिसकेका मोरेनोसँगै उनकै सहकर्मी डिफेन्डर पाउ टोरेस पनि टोलीमा समेटिएका हुन् । यी दुईसँगै सान्टि काजोर्लाले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

उनी चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेपनि लिगमा उत्कृष्ट पुनरागमन गरेपछि टोलीमा फर्किएका हुन् । युरो छनोटको समूह एफ मा स्पेनले सुरुवाती ६ खेल नै जितेको छ । स्पेनले अक्टोबर १२ मा नर्वे र अक्टोबर १५ मा स्विडेनमा हुने खेल जिते अर्को संस्करणका लागि छनोट पक्का गर्नेछ ।

यसअघि भएको खेलमा स्पेनले नर्वेलाई २–१ र स्विडेनलाई ३–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी

ललितपुर एनएसएलको ‘प्लेअफ’मा

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा

एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र

नेपाल चार देशीय क्रिकेटको फाइनलमा

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली