एनआरएनएद्वारा ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ स्थापना



गैर आवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ ।

एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो ।

कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिए ।

प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ ।

यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ । ‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ एक्जिबिशन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँतेमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । कराँतेमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

म्याग्दी । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूर्ण

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको