पर्वतका अनिष थापामगरलाई चौथो पटक लिगलिगे दौडको उपाधि



गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले जितेका छन् । गोरखाको पालुङटारमा बिहीबार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगर चौथो पटक उपाधि जित्न सफल भएका हुन् ।

भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भएका छन् । प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए ।

प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गरेका थिए । नेपाली सेनाका राम्जी बस्नेत निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए ।

चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  गएराति सेमिफाइनलको दोस्रो

भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीका मनोनयनमा

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको

मौरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त

जोसे मौरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त

सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा,पीएसजी ४-१ ले पराजित

ईङलिश क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक पुगेको छ । सेमिफाईनलको