पर्वतका अनिष थापामगरलाई चौथो पटक लिगलिगे दौडको उपाधि



गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले जितेका छन् । गोरखाको पालुङटारमा बिहीबार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगर चौथो पटक उपाधि जित्न सफल भएका हुन् ।

भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भएका छन् । प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए ।

प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गरेका थिए । नेपाली सेनाका राम्जी बस्नेत निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए ।

चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँच विकेटको जित

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा जित निकालेको छ । नेपालले

गण्डकीको नीति तथा कार्यक्रममा खेल पूर्वाधार निर्माणमा पुरानैलाई निरन्तरता

गण्डकी । गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण

अयोध्यामा हिमालयन सिद्ध महायोगको उद्घोष: नेपाल-भारत सम्बन्धको आध्यात्मिक सेतु

अयोध्या, उत्तर प्रदेश, भारत । जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि

नेदरल्याण्ड्सले नेपाललाई दियो २२६ रनको चुनौती

  काठमाडौँ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका