क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा हुन्छः क्यान अध्यक्ष चन्द



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वा्चित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइसिसीकै सल्लाह र निर्देशनानुसार काम भइरहेको बताउँदै अध्यक्ष चन्दले आइसिसीको अक्टोबरमा बस्ने बैठकले क्यानमाथिको प्रतिबन्ध छिट्टै हट्नसक्ने सोमबार आयोजित एक कार्यक्रममा बताए ।

क्रिकेट विकासका लागि गृहकार्य थालिएको भन्दै अध्यक्ष चन्दले भने, “निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनुपर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।”

अध्यक्ष चन्दले आगामी दिनमा क्रिकेट क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध ढङ्गले अघि बढ्ने उल्लेख गर्दै चाँडोभन्दा चाँडो खेल मैदान निर्माण गर्नको लागि सरकार, राष्ट्रिय खेलकूद परिषद (राखेप), प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्ने बताए ।

उनले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने बताउदै सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । क्यानको सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अध्यक्ष चन्दको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन्

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण

विश्व चर्चित फुटबलर म्याराडोनाको निधन

चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० बर्षको उमेरमा हृदयघाटबाट

पारस खड्का आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ