बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।

त्यस्तै खेलको २७औँ मिनेटमा बङ्गलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३२औँ मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बङ्गलादेशलाई ३–० को अग्रता दिलाएका थिए । भूटानविरुद्ध पहिलो हाफमा तीन गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बङ्गलादेशका दीपक रोयले एक गोल गरेपछि बङ्गलादेशले भूटानमाथि ४–० को सहज जित हात पा¥यो ।

भूटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बङ्गलादेश समूह बी को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । अब बङ्गलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको विजयी सुरुवात

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी सुरुवात

एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली