टिमले खेल हार्दा फोटो शेयर गरेर नबस्न एन्फा पदाधिकारीलाई गणेश थापाको आग्रह



काठमाडाैं । यू–१८ को प्रतियोगितामा साविक विजेता नेपालले भोगेको पराजयले नेपाली फुटबल जगतलाइ निराशा बनाएको छ । मंगलबार सम्पन्न भुटान र माल्दिभ्सबीचको खेल बराबरीमा टुंगिएपछि नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो, त्यसपछि प्रतिक्रिया दिँदै पूर्व एन्फा अध्यक्ष गणेश थापा यसो लेख्छन्–  

१. सबैभन्दा पहिले नेपालको युवा टोली पराजय भएकोमा निकै दुख लागेको छ नेपाली टिम भुटान तथा माल्दिभ्सको तुलनामा कमजोर थिएन भन्ने मेरो निष्कर्ष हो नेपाली खेलाडीहरुले सक्दो प्रयास गरेकोमा धन्यवाद दिन चाहन्छु निराश हुने कुरा छैन,

२. भुटानले निकै प्रगति गर्यो भनेर लेखेको तथा प्रशिक्षकले भनेको कुरामा मेरो सहमति छैन भुटानले सामान्यरुपमा प्रगति गरेको होला तर हाम्रो नेपाली टिम चाहिँ पहिलेको युवा टोलीभन्दा कमजोर भएको चाहिँ हो, कमजोर नेपाली टीम भएतापनि माल्दिभ्स र भुटानभन्दा हाम्रो टिम अहिलेपनि प्रदर्शनको आधारमा हेर्ने हो भने हामी नै माथि छौं, नतिजा नआउनु दुर्भाग्य हो फुटबलमा यस्ता भैराख्छ ।

३. विगतमा हेर्ने हो भने नेपाली युवा यू–१८ टोलीको तयारी पाँच वर्षको तयारी हुने गर्दथ्यो भने यू–१५ करिब तीन बर्षको तयारी हुन्थ्यो, जसको परिणामस्वरूप हाम्रो टिम बलियो रहँदै आएको थियो अहिले कति महिनाको तयारी भयो त तीन महिनाको तयारीले विगतको नेपाली युवा टोली खोज्नु हाल खेलिरहेका खेलाडीहरु प्रति अन्याय हुनेछ ।

अन्त्यमा अखिल नेपाल फुटबल संघलाई मेरो सुझाव

१. नेपाली राष्ट्रिय फुटबल टिम खेल नराम्रोसँग हारिरहेको हुन्छ तर हाम्रा पदाधिकारीहरु व्यवस्थापकहरु विदेशबाट फोटोहरु यसरी सियर गरिरहेका हुन्छन् कि नेपालले ठूलै नतिजा प्राप्त गरेको जस्तो गरी कमसेकम आफ्नो टिम हार्दा दुःख त मान्नुस् त्यसकारण यस्ता फोटो सेयर गर्दा हामीजस्ता नेपाली टिम जितोस् भनेर बसिराखेको तथा खेल हेरी राखेको निमित् निकै पीडा हुँदोरहेछ,

२. काठमाडौंमा सञ्चालन भइरहेको यू–१८ फुटबलमा नेपाली टिमले खेल्दा एन्फाका मुख्य–मुख्य पदाधिकारीहरूको खेल हेर्न पनि नगएको देख्दा आश्चर्य र दुख लागेको छ तर त्यहि पदाधिकारीहरु अहिले अस्ट्रेलिया जाने टिममा जान लागेको देख्दा उहाँहरूको रुचि केमा रहेछ भन्ने कुरा प्रष्ट हुन्छ आशा छ, आगामी दिनमा यसतर्फ तपाइँहरुले ध्यान दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप

पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली

मुख्यमन्त्रीकप भलिबलमा गण्डकी ३–१ ले विजयी

  भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज