मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई



पोखरा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले प्राप्त गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकूद सङ्घलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल गरेका थिए भने खेलकूद सङ्घको नेतृत्व राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले गरेका थिए ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकूद सङ्घ पछिल्लो तीन सेटमा पराजित हुन पुग्यो । खेलकूद सङ्घले उद्योग वाणिज्य सङ्घका समूहलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने कर्मचारी समूहले मुख्यमन्त्री तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

विजयी तथा सहभागी खेलाडीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुरुष भलिबलमा एसियाडबाट बाहिरियो नेपाल

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ

भलिबलमा पोखरेली दर्शकको बढ्दो उत्साह, फाइनल खेलमा तीन हजार टिकट बिक्री

कास्की । सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा

भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमार्डौ । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ