११ दिनपछि माथिल्लो त्रिशूली आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार


नुवाकोट । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले शबिार दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।