काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन नेपाल अडिटर्स एशोसिएसन (अडान) ले ७ लाख आर्थिक सहयोग गरेको छ।
अडानले केन्द्र, प्रदेश तथा जिल्ला कार्यसमितिहरूबाट संकलन गरेको ७ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ ।
बाढीमा परी ज्यान गुमाउनेप्रति अडानले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया