बीमा र धितोपत्रसम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ


काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्धको मुद्दामा जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको मुद्दामा फरार रहेका रिमाललाई सिफलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका रिमाललाई सीआईबीको टोलीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ