सर्लाहीमा एक युवाले टेलिकमको टावरमा चढेर आत्महत्याको धम्की दिएपछि…


सर्लाही । सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार गरिएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनलाई प्रहरीले उद्दार गरेको हो । उनले बिहान आज ४ बजे साथीलाई फोन सम्पर्क गरी बोलाएपछि घटनाबारे थाहा भएको थियो ।

लगत्तै उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन सम्वाद गराइदिएको थियो ।

त्यसपछि उनी तल ओर्लिएका थिए । आफूले भनेको केटीसँग विवाह गर्न नपाएको विरोधमा उनी टावरमा चढेर परिवारलाई आत्महत्याको धम्की दिएको बताइएको छ ।