नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन


काठमाडौँ । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । पाण्डेको काठमाडौंको विशालगरस्थित निवासमै शुक्रबार साँझ निधन भएको हो ।

 उनी प्यांक्रियाजको क्यान्सरसँग जुधिरहेका थिए । राजनीतिक दलसँगको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै पाण्डेले ०६२ सालमा नागरिक समाजका तर्फबाट आन्दोलनको अगुवाई गरेका थिए ।

उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत भएका थिए ।