कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षमा १२२ वटा झोलुङ्गे पुल निर्माण हुने


काँक्रेविहार। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न ६५ करोड विनियोजन गरेको छ ।

पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।