झापा । झापामा वर्षाका कारण खोला किनारामा अलपत्र परेका ७ जनालाई झण्डै एक घण्टाको प्रयासमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरिएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ गौडास्थित गौडाखोलामा जेठ ३१ गते बेलुका पौडी खेल्न गएका उनीहरु वर्षाको कारण उक्त खोलामा एक्कासी बाढी आएपछि खोलाको किनारमा अलपत्र परेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो । उनीहरुलाई सशस्त्र प्रहरीले रोप रेस्क्यु विधि अपनाई सकुशल उद्धार गरेको थियो ।
उद्धार गरिएकाहरुमा सोही जिल्लाको भद्रपुर नगरपालिका–५ बस्ने २४ वर्षीय महेश हलुवाई, २४ वर्षीय रोहित साह, २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २८ वर्षीय एजिना न्यौपाने, २३ वर्षीय अनिषा न्यौपाने र ३६ वर्षीय राजु पाठक छन् । उद्धार गरिएको सबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया