गणतन्त्र दिवस विशेष समारोहमा ‘अब बन्छ मेरो देश…'(फोटोफिचर)


काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । त्यसअवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष बालेन साह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।

https://hatmakhabar.com/wp-content/uploads/2026/05/democracy-day-3-768×512.jpg