रसुवा । प्रहरीले रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रसुवाको उत्तरगया गाउँपालिका –६ बेत्रावती बजारबाट धादिङको गंगाजमुना गाउँपालिका–५ बस्ने ३७ वर्षीय सुशील गुरुङलाई आइतबार पक्राउ गरेको हो ।
पासाङ ल्हामु सडक खण्डमा प्रहरीले नियमित सवारी साधनहरु जाँच गर्ने क्रममा काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेको बा,प्र. ०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
गुरुङलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया