काठमाडौं । नेपाली महिला आरोही ल्हाक्पा शेर्पाले ११ औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छन् । उनले आइतबार बिहान करिब ९ः३० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सेभेट समिट ट्रेक्सले जनाएको छ ।
यस सफलतासँगै ल्हाक्पाले पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास कायम गर्दै विश्वभरका महिला तथा पर्वतारोहीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनी सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी हुन् ।

प्रतिक्रिया