काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले हलुका सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–१ बल्थी घर राजविराज नगरपालिका वडा नम्बर–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मियाँ सहितको समूह मिलेर २०८२ फागुन १४ मा राजु कुमार चौधरीलाई अपहरण गरेर लुटपाट गरेको आरोप छ । दुईवटा मोटरसाइकलमा आएका मियाँको समूहका युवाहरूले बन्दुक देखाएर आफूलाई कब्जामा लिएर राजविराज नगरपालिका–८ स्थित हिमालय राईस मिलको पछाडि पर्वत भन्ने स्थानको सुनसान खाली चौरमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ ।
मियाँलाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए । मियाँलाई विरुद्ध वैशाख २४ मा जिल्ला अदालत सप्तरीले पक्राउ अनुमति दिएको थियो ।

प्रतिक्रिया