काठमाडौँ । सुकुम्बासी बस्ती खाली गराउने क्रममा त्यस क्षेत्रमा भएका चौपाया गौशाला पठाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले चौपायालाई काञ्जी हाउसमा राख्न सकिने बताए ।
सामुदायिक र घरपालुवा चौपायाहरुलाई स्नेहा केयर, क्याटसहित पशु कल्याणमा काम गर्ने संघसंस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने काम गरिरहेका छन् ।
घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि भइरहेको छ ।






प्रतिक्रिया