खाली गराइयो थापाथलीको सुकुम्बासी बस्ती


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरू अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुम्बासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

सुकुमबासी बस्ती खाली गराइँदै काठमाडाैँ, १२ वैशाख: काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज अतिक्रमण गरिएको सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : विष्ट / रासस