सुकुम्बासी बस्ती खाली गराउन बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन


काठमाडौँ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन बिहानैदेखि प्रहरी परिचालन गरिएको छ । सुकुम्बासी बस्ती खाली गर्न बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रहरी परिचालन भएपछि बस्तीमा रहेका सुकुम्बासीले सरसमान सार्ने काम गरिरहेका छन् । काठमाडौँको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर आज र भोलिसम्ममा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ ।

बस्ती हटाउन सहरी विकास मन्त्रालय र सडक विभागका २० भन्दा बढी डोजर र १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ । प्रशासनले सूचना जारी गरी शुक्रबार साँझसम्म घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।