नेपाल प्रहरीले माग्यो प्राविधिकतर्फ जवानदेखि डीएसपीसम्म


काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ठूलो संख्यामा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खोलेको हो । इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ ।

यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ । ४०० भन्दा बढी संख्या भर्ना खुला गरिएको सूचनामा उल्लेख छ ।