ओली र लेखकलाई थप दुई दिन थुनामा राख्न अनुमति


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न थप दुई दिनको म्याद थप गरिदिएको हो । ओलीलाई अदालतले भर्चुअल माध्यामबाट सुनुवाइमा सहभागी गराएको थियो ।

बयानका क्रममा ओलीले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएको अदालतको आदेशमा उल्लेख छ । अदालतले आदेशमा बयान सकिएपछि ओलीको उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न पनि आदेश गरेको छ ।