काठमाडौं । प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बिहीबार दिउँसो काठमाडौँबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा भट्ट पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरण विभागले उनको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो ।

प्रतिक्रिया